अपेक्षाकृत व्यापार नभएपछि ‘मुखौटा’लाई तनाव



mukhauta

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
शुक्रवारदेखी प्रदर्शनमा आएको चलचित्र ‘मुखौटा’ले अपेक्षाकृत रुपमा दर्शकको साथ पाउन सकेन । देशभरीका ६० भन्दा बढी हलहरुला एकसाथ प्रदर्शनमा आएको यो चलचित्र हेर्न न्युन संख्यामा मात्रै दर्शकहरु हलसम्म पुगेको बताईएको छ ।

बिहिवार काठमाडौंमा गरिएको ‘प्रिमियर सो’ बाट दर्शकको राम्रो प्रतिक्रिया पाउन नसकेको यो चलचित्रले ‘ईनिसियल’ बिजनेश राम्रो गर्ने आशा गरिएपनि सन्तोषजनक सम्मको समेत बिजनेश गर्न नसकेको हो ।

अर्पण थापा निर्देशित यो चलचित्र रबिन श्रेष्ठको लगानीमा तयार भएको हो । रिफ ईन्टरटेनमेन्टको ब्यानरमा तयार यो चलचित्रमा सुनिल थापा, राजेश हमाल, सौगात मल्ल, दयाहाङ राई निशा अधिकारी, हर्षिका श्रेष्ठ अर्पण थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

शनिवार बिदाको दिन भएकोले पनि चलचित्रले दर्शकको राम्रो साथ पाउने आशा निर्माण युनिटले गरे पनि शुक्रवार राम्रो साथ नपाएकोले यसमा समेत शंका बढेको छ । चलचित्र ‘मुखौटा’ले शहरिया माफियाहरुको कथा बोलेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu