चार दशक ढल्केकी करिश्मा टिनेजर बनेपछि … | भिडियो



Karishma-manandhar

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
फिल्म निर्देशक सुरेश दर्पण पोखरेलले अभिनेत्री करिश्मा मानन्धरलाई नयाँ लुक्समा प्रस्तुत गरेका छन् । चार दशक नाघेकी करिश्मालाई टिनेजर युवतीको रुपमा उतार्दै उनले एक म्यूजिक भिडियो तयार पारेका छन् । प्रनिश मास्केको ‘जुन तारासँगै रातमा आउँछु भनेर …’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

गोदावरीमा शुटिङ् गरिएको उक्त भिडियोमा करिश्मा चञ्चले युवतीको रुपमा देखिएकी छिन् । कमल राईको नृत्य निर्देशनमा हरि हुमागाईंको छायाँकन तथा निशान घिमिरेको सम्पादन रहेको उक्त भिडियोमा नेपाली फिल्मकी चर्चित फेसन स्टाइलिस नीलिमा शर्माको ‘कस्टुम डिजाईन’ छ ।

यो गीतमा शब्द तथा स्वर प्रनेश मास्केको रहेको छ भने संगीत कमरन हसनले दिएका छन् ।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu