पहिलो प्रसारण नहुँदै ‘शहरको’ दोस्रो संस्करण निर्माणको घोषणा



shahar-press-meet

ठुलोपर्दा डटकम, पोखरा ।
फलानो क्रियशनले निर्माण गरेको टि.भी फिल्म ‘शहर’ को दोस्रो संस्करण पनि निर्माण गर्ने घोषणा गरीएको छ । बुधवार पोखरामा एक पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी गराइएको हो ।

‘शहर’ को पहिलो संस्करण यही जेष्ठ ३१ गते देखि प्रसारण हुदैछ । पत्रकार सम्मेलनमा पहिलो संस्करण प्रसारणको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराइएको छ । पोखराको गण्डकी टेलिभिजन मार्फत हरेक शनिबार राती पौने नौ बजे साप्ताहिक रुपमा आगामि छ महिना सम्म ‘शहर’ प्रशारण हुनेछ ।

पोखरामा पनि व्यावसायिक टि.भी फिल्म निर्माण सम्भब भएको बताउदै ‘शहर’ का लेखक तथा निर्देशक अपिल त्रिपाठीले दोस्रो संस्करण निर्माण गर्ने औपचारीक घोषणा गरेका हुन । निर्देशक त्रिपाठीले भने -“पोखरामा केही चुनौतिका बाबजुत टि.भी फिल्म निर्माणका थुप्रै संभाबना देखेका छौ, त्यसैले ‘शहर’ को दोस्रो संस्करणमा जाने निर्णयमा पुगेका हौ” ।

शहरका सामान्य मानिसका कथा भन्ने ‘शहर’ को प्रस्तुतिमा दर्शकले स्थानियता पाउने निर्माण पक्षको भनाई छ । कार्यक्रममा बोल्दै मुख्य प्रायोजक युनाइटेड रेफरेन्स ल्याब्रोरेटरीका प्रबन्ध निर्देशक ठाकुर प्रसाद पन्तले टि.भी फिल्म ‘शहर’ ले शहरका मानिसको जिवनशैली कलात्मक ढंगले प्रस्तुत गर्ने बताउदै फलानो क्रियशनसँग सहकार्य गर्न पाउदा खुशी लागेको बताए । ‘शहर’ टेलिभिजनका दर्शकका लागी राम्रो खुराक बन्ने उनको भनाई थियो । सोही पत्रकार सम्मेलन मार्फत ‘शहर’ को प्रोमो र शिर्ष गितको औपचारीक सार्वजनिक गरीएको थियो ।

shahar1

कार्यक्रममा बोल्दै संचारकर्मी संजय मल्लले प्रोमो र गित राम्रो बनेको बताउदै बिषयबस्तु र प्रस्तुतिका हिसाबले ‘शहर’ फरक रहेको बताए । गण्डकी मिडिया हाउसका प्रबन्धक राज शर्माले ‘शहर’ मनोरञ्जनका साथै नागरीक सचेतनाको लागी समेत सहयोगी हुने धारणा राखे । कार्यक्रममा कलाकारहरु निरज पन्त, दिपक परीयार, रामचन्द्र राई लगायतले बोलेका थिए ।

गण्डकी टेलिभिजन संगको सहकार्यमा निर्माण भएको टि.भी फिल्म ‘शहर’ मा सरोज अधिकारीको छायाङ्कन र सुवास अम्गाईको सम्पादन रहेको छ । ‘शहर’मा मिलन थापा, श्री पाण्डे, निरज पन्त, दिपक परीयार, सन्तोष परीयार, रामचन्द्र राई, सजीना क्षेत्री, ध्रुव थापा, आकाश दाहाल, संजिता खनाल, निरज कार्की लगायतका कलाकारले अभिनय गरेका छन् । युनाइटेड रेफरेन्स ल्याब्रोरेटरीको मुख्य प्रायोजन, होटल प्राइड एण्ड स्पाको प्रायोजन, फेवासिटी हस्पीटलको सह-प्रायोजन रहेको ‘शहर’ को प्रबर्द्दन परीचय एड्भटाइजिङले गरीरहेको छ भने अनलाइन मिडिया पार्टनरमा ठुलोपर्दा डटकम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu