म्यूजिक अवार्डमा बाल गायक प्रेम परियार सम्मानित हुँदै



ठुलोपर्दा डटकम, काठमाण्डौ ।Prem-Pariyar
म्यूजिक खबर म्यूजिक अवार्डको तेश्रो संस्करणको अवार्ड आगामी आइतबार सम्पन्न हुँदैछ । सन् २०१३ मा बजारमा प्रकाशित भएका गीतसंगीतलाई सहभागी गराएर आयोजना गरिएको यस अवार्ड पत्रकारिताको क्षेत्रमा क्रियाशील संस्था म्यूजिक खबर डटकमले विगत तीन वर्षदेखि आयोजना गर्दै आएको छ । आधुनिक, लोकदोहोरी, चलचित्र, पप र राष्ट्रिय भावका गीतसंगीतलाई सहभागी गराएर विभिन्न २९ विधामा अवार्ड आयोजना गर्न लागिएको यस अवार्डमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ अवार्ड सम्पन्न गरिनेछ ।

अवार्डमा उत्कृष्ट पाँचमा परेका स्रष्टा र सिर्जनाहरुमध्येबाट सर्वोत्कृष्ट एकले अवार्ड चुम्नेछन् । त्यस्तै म्यूजिकखबर म्यूजिक अवार्डमा गीतसंगीत क्षेत्रका पुरानादेखि नयाँ कलाकारहरुको बाक्लो जमघट हुनेछ । अवार्डलाई अरनिको टेलिभिजन, एस टेलिभिजन, रेडियो सिटी ९८.८ मेगाहर्जबाट प्रत्यक्ष प्रसारण गरिनेछ भने फिल्मीखबर साप्ताहिक र म्यूजिकखबर डटकमले यस अवार्डको सम्पूर्ण गतिविधिहरुलाई प्रकाशन गर्दै आएको छ ।

अवार्ड कार्यक्रममा प्रत्येक वर्ष गर्दै आइएको म्यूजिक खबर बाल प्रतिभा प्रोत्साहन पुरस्कारबाट यस वर्ष प्रेम परियारलाई सम्मान गरिादैछ भने म्यूजिक खबर पत्रकारिता पुरस्कारबाट पत्रकार तुलसी गिरी भावुकलाई सम्मानित गरिने भएको छ । परियारलाई गायनको क्षेत्रमा शिखर चुम्ने प्रोत्साहन दिनका लागि ताम्रपत्रद्वारा सम्मान गरिन लागिएको हो ।

त्यस्तै, पत्रकार गिरीलाई संगीत पत्रकारिताको क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएवापत ५,५५५ रुपैयाँ नगदसहित पुरस्कार प्रदान गरिन लागिएको हो । गिरीले ०४५ सालबाट नेपालभूमी साप्ताहिकमा कलाजगत स्तम्भबाट रंग पत्रकारिता सुरु गरी विगत दश वर्षदेखि म्यूजिक डायरीको प्रधानसम्पादकको रुपमा कार्य गर्दै आउनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu