महिला तथा बालबालिकाबारे समस्यामा ‘उदाहरण’ आउने



udaharan-short-movieठूलोपर्दा डटकम, काठमाण्डौ । आतिष फिल्मस्को ब्यानरमा निर्माण हुने लघु चलचित्र ‘उदाहरण’को शुभसाईत गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी यो लघु चलचित्रको शुभ साईत गरिएको हो । यो चलचित्रका कार्यकारी निर्माता डी.पी.शाह ‘चक्रवर्ती’ रहेका छन ।

चलचित्र पत्रकार संघका संस्थापक अध्यक्ष भरत शाक्यले निर्देशन, प्रथम नायिका भुवन चन्दले क्यामरा र चलचित्र पत्रकार संघका महासचिव सन्दिप सापकोटाबाट नरिवल फुटाएर चलचित्रको शुभ साईत गरिएको थियो । भने नायक सिमान्त उदास, नायिका गरिमा पन्त र बालकलाकार एनी भट्टराईले छोटो रोल प्रस्तुत गरेका थिए ।

महिला तथा बालबालिकाबारे समस्यामा केन्द्रित रहेर निर्माण हुने ‘उदाहरण’को शुभसाईत समारोहमा बोल्दै माइती नेपालकी अध्यक्ष अनुराधा कोईरालाले यस्ता चलचित्रहरुको निर्माणले समाजमा चेतना फैलाउने कुरामा आफु विस्वस्त रहेको वताईन् ।

कार्यक्रममा प्रथम नेपाली नायिका भुवन चन्दको हातबाट चलचित्रको शिर्ष गीत सार्वजनिक गरिएको थियो । चलचित्रमा विशेष भूमिकामा चन्दलाई पनि देख्न सकिनेछ । अशु अषेस गीरीको कथा एवं निर्देशनमा निर्माण हुने लघु चलचित्र उदाहरणको  पट्कथा पनि स्वयंम निर्माता शाह को नै हो ।

garima on udaharan

क्यानाडाको टोरन्टो र नेपालमा छायाङ्कन हुने बताइएको यस चलचित्रलाई श्रीकृष्ण फुँयालले खिच्नेछन भने चलचित्रमा सचिन गीरीको संगीत, संजीव आले र एनी श्रेष्ठको गायन तथा डिजाईन सुन्दर श्रेष्ठको रहने छ । यो लघु चलचित्र ‘उदाहरण’मा सिमान्त र गरिमा नीर शाह, भुवन चन्द, चन्दा बिडारी, सँगै डी.पी.शाह ,ऋषिमाया पोख्रेल ‘प्रतिक्षा’ , राजेश महत, कबिता घिसिङ्ग र बालकलाकार एनी भट्टराइको अभिनय रहनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu