ओफामा ‘नाई नभन्नु ल २’को वर्चस्व, दयाहाङ र प्रियंका सर्वोत्कृष्ट



ofa award

ठुलोपर्दा डटकम, काठमाडौं ।

दोस्रो संस्करणकको ‘अनलाईन फिल्मीखवर अवार्ड २०७१’ (ओफा) मा बर्षको उत्कृष्ट नायकको अवार्ड चलचित्र कबड्डीबाट दयाहाङ राईले जित्न सफल भएका छन् । भने बर्षकै उत्कृष्ट नायिकाको अवार्ड प्रियंका कार्कीले हात पारिन् ।

ओफा अवार्डमा चलचित्र ‘नाई नभन्नु ल २’ले वर्चस्व जमाएको छ । बर्षकै उत्कृष्ट चलचित्र बन्न सफल यो चलचित्रबाट नै उत्कृष्ट बनेकी नायिका प्रियंकासँगै उत्कृष्ट चलचित्र निर्देशककको अवार्ड पनि ‘नाई नभन्नु ल २’ बाट नै विकास आचार्यले जिते, त्यस्तै यो चलचित्रबाट नै उत्कृष्ट गीतकारमा डा. कृष्णहरी बराल, उत्कृष्ट गायकमा प्रेम परियार र संगितकारमा बसन्त सापकोटाले आ-आफ्नो विधामा बर्षको उत्कृष्ट अवार्ड हात पार्न सफल रहे ।

ओफामा बर्षको उत्कृष्ट गायिकाको अवार्ड मिलन अमात्यले हात पार्दा ‘बेष्ट क्रिटिक्स’ अवार्ड चलचित्र ‘मोक्ष’ले पाएको छन भने द्वन्द्वमा रोशन श्रेष्ठ, नृत्यमा कविराज गहतराज, सम्पादनमा बिपिन मल्ल, क्यामेरामेनमा पुरुषोत्तम प्रधान, ड्रेस तथा कस्ट्युम डिजाईनमा निलिमा शर्मा वर्ष २०७१ को ‘ओफा अवार्ड’ आ-आफ्नो पक्षमा पार्न सफल रहे ।

त्यस्तै पपुलर प्रदर्शकको अवार्ड दमकको ‘निलकण्ठ चलचित्र मन्दिरले हात पार्यो भने डेब्यु निर्देशकका होस्टेलका हेमराज बिसी उत्कृष्ट ठहरिँदा डेब्यु नायकमा होस्टेलकै अनमोल केसी र नायिका तर्फ ‘अन्तराल’ नायिका अशिष्मा नकर्मी सर्वोत्कृष्ट बनिन् । त्यस्तै पपुलर ‘स्कृप्ट’मा चलचित्र ‘छ एकान छ’बाट दिपकराज गिरी उत्कृष्ट बन्न सफल भएका छन् ।

अनलाईन भोटिङ र एसएमएस भोटिङको आधारमा उत्कृष्ट छनोट गरिएको थियो । यसैबीच यो बर्षको ओफा अवार्डमा ‘लाईफटाईम अचिभ्मेन्ट अवार्ड’ स्व. निर्देशक शिव रेग्मीलाई प्रदान गरियो । रेग्मी पत्नी ज्ञानु रेग्मीलाई प्रमुख अतिथी सुचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा नायक गजित विष्ट, बालकलाकार अनुभव रेग्मी र सुज्ञानी भट्टराई सँगै नव नायिका बर्षा शिवाकोटी, नायक कविराज गराच, गम्भिर विष्ट, निस्मा घिमिरे, वाल गायक प्रेम परियार, सिताराम कट्टेल, सुरविर पण्डित लगायतका कलाकारहरुको बिशेष प्रस्तुती समेत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu