अष्ट्रेलियाका शहरमा अन्जु



anju-panta-1

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
अञ्जु पन्त सबैभन्दा बढी गीत गाउने, सबैभन्दा बढी पुरस्कार पाउने गायिका हुन् । गीतबाट सबैभन्दा बढी आम्दानी गर्ने गायिकामा दरिएकी पन्त कि त दैनिकजसो गीत रेकर्डिंगमा भेटिन्छिन या कुनै कार्यक्रममा आफ्नो प्रस्तुती दिँदै गरेकी । अन्जुले हजार बढि गीतमा स्वर दिएकी छिन् । झण्डै दुई सय चलचित्रका गीतमा पनि उनले स्वर दिएकी छिन् ।

पहिले पहिले एक जमाना थियो जतिबेला चर्चामा रहेका गायक-गायिकाले बजारमा ल्याएका एल्बम बिक्रिबाट लाखौँ हुन्थ्यो । डिजिटल प्रविधिले डेरा जमाउँदै गएपछि त्यो कुरा केवल एकादेशको कथा बनेको छ । अहिले गायक-गायिकाले कमाउने आधार विभिन्न स्टेज कार्यक्रमहरु हुन् । ति कार्यक्रममा पनि चलेकालाई मात्र स्थान दिईन्छ । यसर्थ पहिले र अहिले जहिले पनि चर्चामा हुनु र सक्षम हुनु जरुरी नै हो । गायिका अन्जु पन्त यतिबेला अष्ट्रेलियामा छिन् । त्यहाँ दैनिकजसो स्टेज कार्यक्रम भईरहेका छन् । फुर्सदमा अष्ट्रेलियाका विभिन्न शहर घुम्दैछिन् ।

anju-panta-3
एडिलेड, सिड्नी, मेलवर्न, पर्थ, ताजमानिया लगाएतका शहरमा कार्यक्रम रहेका छन् । मुख्य ६ वटा कार्यक्रमको लागि उनि अष्ट्रेलिया पुगेकी हुन् । केहि स्थानमा कार्यक्रम सकिएका छन् । उनि जुन १७ मा काठमाण्डौ फर्किँदैछिन् । लगत्तै कुवेतमा हुने भव्य कार्यक्रममा जाने तयारीमा रहेको ठुलोपर्दा डटकमसँग कुरा गर्दै अन्जुले बताईन् ।

कुवेत पछि लण्डन र हङ्कङ्मा कार्यक्रम रहेका छन् । अन्जु अनाथ बालबालिकाको सहयोगको लागि हङ्कङ्को कार्यक्रममा सहभागि हुने भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu