गायक रामकृष्ण ढकालको घर लिलामी हुँदै



ramkrishna-dhakal

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
अन्ततः चर्चित नेपाली गायक रामकृष्ण ढकालको घर लिलामी हुने भएको छ । श्रीमती निलम शाहको नाममा रहेको ललितपुर जिल्लाको भैंसेपाटीमा रहेको घर लिलामीमा हुने भएको हो । ढकालले श्री लालीगुराँस बहुउदेश्यीय सहकारी संस्थाबाट लिएको ऋण र त्यसको सावाँ, ब्याज र अतिरिक्त ब्याज लगायतका तस्तुरहरू कुनै पनि नबुझाएका कारण घर लिलामी हुने भएको सहकारीले जनाएको छ ।

गायक ढकालले श्रीमतीलाई जमानीमा राखेर ऋण लिएका थिए । उनले लिएको ऋणको भाका नाघेको र पटक पटक ताकेता गर्दा पनि ऋण चुक्ता गर्न कुनै चाँसो नदेखाएको भन्दै आज एक राष्ट्रिय दैनिकमा ढकालको घर लिलामीको १५ दिने सूचना जारी गरिएको छ । संस्थाले २०७० साल साउन ११ गते र २०७० साल माघ ३ गते २१ दिने सूचना जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu