सुर्खेती युवाहरुको सांगीतिक मनसहितको आरम्भ



aarambha

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
सुर्खेती युवाहरुको सांगीतिक मनहरुलाई राजधानीमा पोख्दै गीतिसंग्रह आरम्भ शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको छ । राष्ट्रपति कार्यालयका सचिव शारदा प्रसाद त्रितालको प्रमुख आतिथ्यतामा पूर्व महालेखा परीक्षक विष्णु बहादुर केसी, गायक एवं संगीतकार टीका भण्डारी, संगीतकार सन्तोष श्रेष्ठ, सुरेश अधिकारी, महेश खड्काको आतिथ्यतामा छत्र बडुवालको गीतिसंग्रह आरम्भको लोकर्पण गरिएको हो ।

गीतकार एवं एल्बमका लगानीकर्तासमेत रहेका घनश्याम खड्कोको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा एल्बमका मोडल सन्तोष शर्माले स्वागत मन्तव्य दिएका थिए । त्यस्तै गीतकारको तर्फबाट गायक शिव संगीतले आफ्नो भनाइ राखेका थिए । शिवले आफ्नो कर्मथाले सुर्खेत रहेर पनि सांगीतिक उचाइलाई केन्द्रमा ल्याएर सार्वजनिक गर्न पाउँदा खुशी भएको बताउादै मुलुकको पल्लोछेउबाट केन्द्रमा आउनु जति चुनौति थियो त्यति नै संगीतको आरोह अवरोहमा चुनौति भोगेको बताएका थिए ।

त्यस्तै कार्यक्रममा बोल्दै एल्बमको सम्पूर्ण पक्षलाई गायक एवं संगीतकार टीका भण्डारीले केलाएका थिए । भण्डारीले सुर्खेत बसाइको अनुभवका साथै गायक शिव संगीत र गायिका सुम्निमा सिंहको सामिप्यताको पनि वर्णन गरेका थिए । भण्डारीले एल्बमका सबै गीतहरुले मन छोएको बताउादै आरम्भ एल्बमको सफलताको शुभकामना दिएका थिए ।

त्यस्तै संगीतकार सुरेश अधिकारीले यतिबेला एल्बम निकाल्नु भनेको इराक जाने लाहुरेलाई फूलमाला लगाएर विदा गरेजस्तो भएको उल्लेख गरेका थिए । उनले सुर्खेतबाट जन्मिएका प्रतिभाहरुले सांगीतिक क्षेत्रमा आफूलाई स्थापित गर्ने जमर्को गरेकोमा शुभकामना दिँदै सुर्खेत भनेको एउटा प्रतिभाको खानी भएको उल्लेख गरेका थिए ।

त्यस्तै कार्यक्रमका अतिथि विष्णु बहादुर केसीले सुर्खेतलाई माया गर्नेहरु भेटिएकोमा खुशी व्यक्त गरे । गीतसंगीतको भण्डार भएर पनि पछाडि परेको सुर्खेत आज सबैका सामु राष्ट्रिय प्रतिभा लिएर बजारमा देखा पर्दा निकै खुशी भएको बताएका थिए भने प्रमुख अतिथि त्रितालले आफूले सक्दो सहयोगका लागि सधैं म्यूजिकखबर डटकमको आयोजनामा भएको उक्त कार्यक्रममा सभापतिको तर्फबाट बोल्दै गीतकार घनश्याम खड्काले आरम्भलाई राजधानीमा सार्वजनिक गर्न पाउादा खुशी भएको बताएका थिए । मनभरिका सिर्जनाहरु कापीमा उतार्दै जाँदा सांगीतिक माला तयार भएको बताउादै आरम्भ एल्बमले संगीत क्षेत्रको उचाइमा लम्कने सुरुवात भएको बताएका थिए । कार्यक्रममा गायक अर्जुन सुनाम, गायिका टीका पुन, काव्य आचार्य, साहिमा श्रेष्ठ, गीतकार किरण केसी क्रोधी, गणेश चौलागाईंलगायतको संगीतकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

आरम्भ एल्बममा मझेरीको दियो, हे ब्यूटीफूल, हातमा बाला सोल्टिना, सानु मेरी, सधैंभरि, न त उनी जस्ता गीतहरु समावेश गरिएका छन् । घनश्याम खड्का, नाराण देव, तर्क थापाको शब्द रहेको यस एल्बममा सुरेश अधिकारी, वसन्त सापकोटा, महेश खड्का, बीबी अनुरागीको संगीत रहेको छ । जसमा स्वरुपराज आचार्य, राजेशपायल राई, शिव संगीत, अर्जुन सुनाम, टीका पुन र सुम्निमा सिंहको स्वर समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu