
काठमाडौं – नेपाली चलचित्र ‘जन्ते बाख्रो’ को दोस्रो गीत ‘अङ्गुरको झुप्पो’ शुक्रवार सार्वजनिक भएको छ । महेश काफ्लेको शब्द, सङ्गीत र कम्पोज रहेको यो गीतमा रिकेश गुरुङले एरेञ्ज, मिक्सिङ्ग र मास्टरिङ्ग गरेका छन् । अस्मिता अधिकारीले महेश काफ्लेलाई गायनमा साथ दिएकी छिन् ।
गीतको भिडियोमा चलचित्रका मुख्य अभिनेता आशिफ शाह र अभिनेत्री गरिमा शर्मालाई प्रस्तुत गरिएको छ । भिडियोमा आशिफले प्रेमिल शैलीमा गीत गाउँदै गरिमालाई फकाएको मनमोहक दृश्य देख्न सकिन्छ ।
सिमोस सुनुवारले निर्देशन गरेको ‘जन्ते बाख्रो’ मा सौगात मल्ल, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम र कुशल गजमेर जस्ता कलाकारहरूको पनि अभिनय रहेको छ ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहेको यो सिनेमा सामाजिक कमेडी विधामा निर्माण भएको हो । प्रदीप भारद्वाजले लेखेको कथा, पटकथा र संवादले दर्शकलाई भरपुर मनोरञ्जन दिने विश्वास गरिएको छ । यसका निर्माता सन्तोष गौतम हुन् । ‘जन्ते बाख्रो’ को शीर्षकले नेपाली यो चलचित्र आगामी जेठ २३ गतेबाट नेपाल र विदेशका सिनेमा घरहरूमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ ।
गीत: