दुई चलचित्रहरू ‘खेल’ र ‘भूठान’ रिलिज



काठमाडौं – नेपालभरका चलचित्र हलहरूमा दुई नेपाली चलचित्रहरू ‘खेल’ र’भूठान’ प्रदर्शनमा आएका छन् । रिलिजको केही दिन अगाडि दुवै चलचित्रहरूले प्रिमियर शो आयोजना गरेका थिए । प्रिमियरमा दुवैको प्रशंसा भएको थियो ।

खेल

मिथिकल सस्पेन्स थ्रीलर जनराको ‘खेल’मा सुरक्षा पन्त, हेना नगरकोटी, मोनिका थापा, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, भोलाराज सापकोटा, सरिता गिरी, किरण श्रेष्ठ लगायतको अभिनय रहेको छ । चलचित्रलाई अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गरेका छन् । चलचित्र सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण गरिएको हो, जसका निर्माताहरू लुइसराज महर्जन र आशिषराज महर्जन हुन् भने सह-निर्माताहरू कुणालराज गुरुङ र रहिशराज महर्जन रहेका छन् । चलचित्रको कथा आशिषराज महर्जनले लेखेका हुन् भने पटकथा अभितेन्द्र र अनुराग प्रधानले तयार पारेका छन् ।

चलचित्रको छायाङ्कन रोशन राई र सञ्जय लामाले गरेका छन् भने सम्पादन आशिषराज महर्जनले गरेका छन् । ध्वनि डिजाइन विकल प्रधान, रङ्ग संयोजन राजेन्द्र मोक्तान, प्रोडक्सन डिजाइन किशोर नेपाल, कस्ट्युम डिजाइन एलेक्स बसुकला, मेकअप दिपु पौडेलले गरेका छन् । प्रोडक्सन म्यानेजरको जिम्मेवारी यमप्रसाद ओलीले सम्हालेका छन् । चलचित्रको वितरण डिसिएनले गर्नेछ भने पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टले गरेको छ ।

भूठान:

नेपालीभाषी भुटानी शरणार्थीहरूको पीडा, देश प्रेम र पहिचान गुमाउनुको कथामा आधारित ‘भूठान’मा हरिवंश आचार्यको प्रमुख भूमिका रहको छ । हलिउडका प्रख्यात अभिनेता ब्रुस डर्नको विशेष भूमिका रहेको यस चलचित्रमा दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द-लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेनलगायत कलाकारको पनि अभिनय छ ।

‘बुलबुल’बाट ख्याति कमाएका पौडेलको निर्देशनमा बनेको यो चलचित्र ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, अवेकन प्रोडक्सन नेपाल र म्याड मंकी फिल्म्स अमेरिकाको संयुक्त निर्माणमा बनेको हो ।

दुवै चलचित्रहरूले प्रदर्शनको पूर्वसन्ध्यामा राम्रो चर्चा बटुलेका छन् । अब दर्शकहरूले हलमा गएर यी दुई चलचित्रलाई कस्तो प्रतिक्रिया दिन्छन्, त्यो हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu