
काठमाडौं – आगामी जेठ २ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘हेल्लो काँशीराम’ को नयाँ गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक भएको छ । प्रताप दास र मेलिना राईको आवाज रहेको यो गीतमा सङ्गीत संयोजन नरेन्द्र वियोगीले गरेका छन् भने नृत्य निर्देशन कविराज गहतराजको रहेको छ ।
‘झ्यामकी मादल झ्याम’ को भिडियोलाई काठमाडौंको रमणीय बाल मन्दिरमा भव्य सेट तयार पारेर छायाङ्कन गरिएको हो । भिडियोमा नेपाली चलचित्र जगतका चल्तीका कलाकारहरू प्रियङ्का कार्की, दिलीप रायमाझी, उमेश राई, सुमन खाँड, सरोज केसी लगायतको दमदार उपस्थिति र आकर्षक नृत्य देख्न सकिन्छ ।
यसअघि नै चलचित्रको फस्ट लुक पोस्टर र टिजर सार्वजनिक भएका थिए । रेडलाइन फिल्म्स प्रा.लि.को प्रस्तुति रहेको यो चलचित्रको कथा रिम विश्वकर्माले लेखेका हुन् र निर्देशन पनि उनकै रहेको छ । चलचित्रमा पी.बी. थापाको लगानी रहेको छ । चलचित्रमा दिलीप रायमाझी, सुरविर पण्डित, रामचन्द्र अधिकारी, शुशिल पोखरेल, उमेश राई (फुलन्देको आमा), भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु, विवेश पुरी लगायतका कलाकारहरूको सशक्त अभिनय देख्न सकिनेछ ।
गीत: