
काठमाडौं – प्रतीक्षित चलचित्र ‘के घर के डेरा : घर नं २’को पहिलो गीत सार्वजनिक भएको छ । निर्माण पक्षले मङ्गलवार ‘आँखा’ बोलको लिरिकल गीत सार्वजनिक गरेको हो ।
गायक रिकेश गुरुङको सुमधुर आवाज रहेको यस गीतमा राम अविरल विष्टले शब्द रचना गरेका छन् भने एसडी योगीले सङ्गीत दिएका छन् । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू खगेन्द्र लामिछाने र उपासना सिंह ठकुरीलाई प्रस्तुत गरिएको छ । भिडियोमा खगेन्द्र र उपासनाबीचको प्रेमिल सम्बन्धलाई देखाइएको छ ।
दीपेन्द्र के खनालद्वारा निर्देशित ‘के घर के डेरा : घर नं २’ एक सामाजिक कथामा आधारित चलचित्र हो । यस चलचित्रको कथा चर्चित उपन्यासकार बुद्धि सागरले लेखेका हुन् । चलचित्रमा खगेन्द्र लामिछाने र उपासना सिंह ठकुरीका साथै निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, सृजना नापित, सन्जोग रसाइली, रुविना घिमिरे, र सुरज विष्ट जस्ता कलाकारहरूको सशक्त अभिनय रहेको छ ।
गीत: