सबै कलाकार राख्दै ‘नरसिंहा’को नयाँ पोस्टर सार्वजनिक



काठमाडौं – ‘अच्छा लेकिन लन्डनको चिसोले समाउला’ गीतले चर्चा पाइरहेको बेला नेपाली चलचित्र ‘नरसिंहाः अवतार’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । जेठ ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्रको पोस्टरमा सभै मुख्य कलाकारहरूलाई राखिएको छ । 

राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, नीर शाह, प्रशान्त ताम्राकार, उषा खड्गी, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, दीपा शाही, प्रकाश कुँवर, राजिभ जङ्ग बस्नेत र टार्जन लगायतका कलाकारहरू पोस्टरमा देखिएका छन् । निर्देशक दिवाकर भट्टराईले पोस्टरले कलाकारहरूको पात्र परिचय दिन्छ ।

चन्द्र पन्तको कथामा आधारित यो चलचित्रमा राजु तामाङको एक्सन निर्देशन, कविराज गहतराज र माइकल चन्दको नृत्य निर्देशन, राजु विक्रम थापाको छायाङ्कन, समीर मियाको भिएफएक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादन तथा राकेश दाहालको पोस्टर डिजाइन रहेको छ । क्रियटिभ सिने आर्ट्सको ब्यानरमा नेम महर्जनले निर्माण गरेको यो चलचित्र दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu