‘जार’ले नेपाली चलचित्रलाई नयाँ उचाइ दिने निर्देशकको दाबी



काठमाडौं – ‘जार’ निर्देशक फूर्वा छिरिङ लामाले यो चलचित्र विषयवस्तु, प्रस्तुति र प्राविधिक पक्षबाट निकै बलियो रहेको बताएका छन् । एक अनौपचारिक कुराकानीका क्रममा उनले नेपाली चलचित्र उद्योगका लागि यो चलचित्र एक महत्वपूर्ण खुड्किलो साबित हुने दाबी गरे ।

वैशाख २६ गते प्रदर्शनको तयारीमा रहेको यो चलचित्र चर्चित साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित छ, जसले सन् १८०० को दशकमा समाजमा घटेको वास्तविक घटनालाई पर्दामा उतार्ने प्रयास गरेको छ । निर्देशक लामाले भने, “हामीले ‘जार’ मा नेपाली समाजले भोगेकै कथालाई विशेष तरिकाले प्रस्तुत गरेका छौँ । यो चलचित्र हरेक समाजको कथा हो भन्ने मलाई लाग्छ ।”

उनले प्राविधिक पक्षलाई पनि उत्तिकै महत्व दिएको बताए । कलाकारहरूको मेहनत र कथाको माग अनुसार गरिएको छनोटले फिल्मको प्रस्तुतिलाई थप सशक्त बनाएको उनको भनाइ छ । कुनै पनि पक्षमा कमजोरी नहोस् भनेर निर्माणको सुरुदेखि नै ध्यान दिइएको निर्देशक लामाले बताए ।

निर्देशक लामाले थपे, “हामीले इन्द्रबहादुर राईको कथालाई सिनेमाको भाषामा ढाल्ने क्रममा केही सिर्जनात्मक स्वतन्त्रता लिएका छौँ । कथा जति उत्कृष्ट छ, फिल्म दृश्यका हिसाबले त्योभन्दा पनि बलियो बन्नेमा हामी विश्वस्त छौँ ।”

‘जार’ मा सौगात मल्ल, अनुपविक्रम शाही र राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापा लगायतका कलाकारहरूको सशक्त अभिनय देख्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu