
काठमाडौं – क्यानडालाई आफ्नो कर्मथलो बनाएका गायक आशीर्वाद सुवेदीले आफ्नो नयाँ गीत ‘ओ प्रीयसी’ सार्वजनिक गरेका छन् । लामो समयदेखि प्रवासमा रहे पनि नेपाली सङ्गीत, कला र संस्कृतिको जगेर्नामा सक्रिय सुवेदीले यसअघि पनि थुप्रै कर्णप्रिय गीतहरू श्रोतामाझ पस्किसकेका छन् ।
यस गीतमा सुवेदीको आवाज रहेको छ भने युवापुस्तामाझ लोकप्रिय र्याप विनय कार्कीले र्याप भरेका छन् । कृष्णराज भण्डारीको शब्द र सङ्गीत रहेको छ । यसको भिडियोमा र राहुल शाह, भावना उप्रेती र प्रिन्स र्याजले अभिनय गरेका छन् । हरि हुमागाईँको छायाङ्कन, सुप्रिम पराजुलीको सम्पादन र रङ संयोजन रहेको छ । भिडियोको निर्देशन र कोरियोग्राफी राहुल शाहले गरेका छन् ।
भिडियो: