‘के घर के डेरा: घर नं २’ सिक्वेल होइन: निर्देशक



काठमाडौं – जेठ २ गते रिलिज हुने नेपाली चलचित्र  दर्शकहरूमाझ प्रतीक्षित चलचित्र ‘के घर के डेरा : घर नं २’ रिलिजको मुखैमा छ । दीपेन्द्र के खनालद्वारा निर्देशित यो चलचित्र ‘पशुपतिप्रसाद १’ को स्वाद दिने किसिमको रहेको चर्चा छ । धेरै दर्शकमा यो चलचित्र दुई वर्षअघि प्रदर्शनमा आएको ‘के घर के डेरा’ को सिक्वेल हो कि नयाँ कथामा आधारित छ भन्ने जिज्ञासा पनि रहेको छ । सार्वजनिक टिजरले सिक्वेल भएको सङ्केत नगरे पनि चलचित्रको नामले भने सिक्वेल जस्तो देखाउँछ ।

यसै विषयमा निर्देशक खनालले ‘के घर के डेरा : घर नं २’ सिक्वेल नभएको स्पष्ट पारेका छन् । उनले भने, “यो ‘के घर के डेरा’ को सिक्वेल होइन । चलचित्रमा घर र डेराको विषयवस्तुलाई उठान गरिएको भएता पनि यो पहिलो चलचित्रको निरन्तरता भने होइन ।” निर्देशक खनालले यो पूर्ण रूपमा नयाँ कथामा आधारित चलचित्र भएको र यसले दर्शकलाई नयाँ अनुभव दिने बताए ।

यो चलचित्र आफ्नो मौलिक शैलीमा बनेको र यसले आफ्नो पहिचानलाई झल्काउने उनको भनाइ छ । उनले थपे, “यस चलचित्रमा दर्शकले मेरो ओरिजिनल फ्लेवर पाउनेछन् । म सधैँ आफूलाई मन लागेको सामाजिक ड्रामा बनाउन चाहन्थेँ र यो चलचित्रमार्फत म त्यही जनरामा फर्किएको छु ।”

यो चलचित्रको कथा चर्चित साहित्यकार बुद्धि सागरले लेखेका हुन् । ‘कर्णाली ब्लुज’, ‘एक्लो’ र ‘फिरफिरे’ जस्ता उपन्यासका लेखक सागरको यो पहिलो पटक सिनेमाको लागि लेखिएको स्क्रिप्ट हो ।

चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, सृजना नापित, सन्जोग रसाइली, रुविना घिमिरे, र सुरज विष्टलगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu