
काठमाडौं – अभिनेता पल शाह यस वर्ष दर्शकमाझ आफ्नो पहिलो चलचित्र ‘मोहर’ लिएर आउँदै छन् । निर्माण पक्षले फिल्म साउन २३ गतेबाट प्रदर्शनमा आउने जानकारी गराएको छ ।
फिल्म मेकर्स प्रा.लि.को प्रस्तुति रहेको यो चलचित्र ओम प्रतीकको लेखन र निर्देशनमा तयार भएको हो । चुम्बन जङ्ग शाहीले निर्माण गरेको ‘मोहर’ मा पल शाहसँगै बेनिशा हमाल, नीति शाह, अर्जुन जङ्ग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, सुशील देवकोटा र बाल कलाकार सारा शर्माको पनि अभिनय देख्न सकिन्छ ।
हालै निर्माण पक्षले मुख्य अभिनेता पल शाहको केही तस्बिरहरू सार्वजनिक गरेको छ । सार्वजनिक तस्बिरहरूमा पल शाहलाई दर्शकले यसअघि नदेखेको फरक गेटअपमा देख्न पाउनेछन् । उनले लामो कपाल पालेका छन् भने उनको हातमा भरुवा बन्दुक पनि देखिएको छ ।