‘मैना’ नामक चलचित्र बन्ने, भदौबाट छायाङ्कन हुने



काठमाडौं – निर्माता राजेन्द्र ढकाल (राहुल) ले नयाँ चलचित्र ‘मैना’ निर्माणको घोषणा गरेका छन् । ‘समर लभ’, ‘मारुनी’, ‘राजा रानी’ र ‘सेतो बाघ’ चलचित्रहरूमा मुख्य सहायक निर्देशन गरेका चन्द्र कुमार भट्टराईले यो चलचित्र निर्देशन गर्दैछन् ।

सुस्मिता फिल्मस्को प्रस्तुति रहने यो चलचित्रको कथा गोविन्द मल्लद्वारा लिखित हो । चलचित्रमा राजेन्द्र ढकाल (राहुल) र विनीता शर्माको लगानी रहनेछ भने रेणु शर्मा र सुस्मा खतिवडा सह निर्माताको रूपमा रहनेछन् ।

चलचित्रको छायाङ्कन आगामी भदौ महिनाबाट सुरु हुने बताइएको छ । चलचित्रमा कुन-कुन कलाकारको अभिनय रहनेछ भन्ने बारेमा निर्माण पक्षले हालसम्म कुनै जानकारी दिएको छैन । 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu