
काठमाडौं – नयाँ वर्ष २०८२ को पहिलो दिन पारी सोमबार काठमाडौंको भद्रकाली मन्दिरमा पूजा गर्दै ‘जदौ’ नामक नयाँ चलचित्रको निर्माण घोषणा गरिएको छ । तीन कन्याहरूको हातबाट चलचित्रको स्क्रिप्ट पूजा गरी टाइटल डिजाइन सार्वजनिक गरिएको हो ।
सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एन्ड इन्टरटेन्मेन्ट प्रालिको संयुक्त प्रस्तुति रहेको यो चलचित्रको कथा काजी लिम्बूले लेखेका हुन् । चलचित्रको निर्देशन, कलाकार र प्राविधिक टोलीको बारेमा थप जानकारी केही समयपछि सार्वजनिक गरिने समिश्रण मुभीजका अध्यक्ष अञ्जन शर्माले बताए ।
अन्तरजातीय प्रेम कथामा आधारित यो चलचित्रको छायाङ्कन गाउँ र काठमाडौंमा हुनेछ । चलचित्र निर्माण पक्षले २०८२ सालभित्रै दर्शकमाझ प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।