चलचित्र ‘ढुकढुकी’को घोषणा



काठमाडौं – चलचित्र ‘मोहर’ निर्माण टोलीले आफ्नो आगामी प्रोजेक्ट चलचित्र ‘ढुकढुकी’को घोषणा गरेको छ । नववर्ष २०८२ को शुभ अवसर पारेर घोषणा गरिएको यो चलचित्र ओम प्रतीकको लेखन र निर्देशनमा बन्नेछ । फिल्ममेकर प्रा.लि.को ब्यानरमा निर्माण हुने यो चलचित्र चुम्बन जङ्ग शाहीले निर्माण गर्नेछन् ।

यसअघि पनि ‘ढुकढुकी’ नाममा चलचित्र निर्माण भइसकेको छ, जसमा ओम प्रतिकले पटकथा र संवाद लेखेका थिए । तर, यस पटक उनले आफ्नै निर्देशनमा ‘ढुकढुकी’ लाई नयाँ रूपमा दर्शकमाझ ल्याउने भएका हुन् ।

यसको छायाङ्कन तिहारपछि सुरु हुने जानकारी दिइएको छ । यसअघि ओम प्रतीकको निर्देशन र चुम्बन जङ्ग शाहीको निर्माणमा बनेको चलचित्र ‘मोहर’ साउन २३ गतेबाट प्रदर्शनमा आउँदै छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu