प्रेम कथामा चलचित्र ‘पुष्पलता’ को घोषणा



काठमाडौं – प्रेम कथामा आधारित चलचित्र ‘पुष्पलता’ को घोषणा गरिएको छ । सुनिल निउरेले यो चलचित्रको लेखन तथा निर्देशन गर्नेछन् । निर्देशक निउरेले हालसम्मका अन्य प्रेम कथाभन्दा ‘पुष्पलता’ फरक रहने दाबी गरे ।

घोषणासँगै यस चलचित्रको लागि दुई वटा थिम पोस्टर सार्वजनिक गरिएको छ, जसले चलचित्रको प्रेम कथाको झल्को दिन्छ । चलचित्रमा कलाकार चयनको जिम्मेवारी सन्जोग रसाइलीले पाएका छन्, यद्यपि कलाकारहरूबारे भने खुलासा गरिएको छैन ।

यसमा हर्क साउदको शब्दमा सुशान्त गौतम, प्रशान्त सिवाकोटी र जयन जे वाइवाले सङ्गीत दिने भएका छन् । प्रकाश हमालले प्रोडक्सन डिजाइनको काम गर्नेछन्, जसको छायाङ्कन आउँदो भदौमा सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu