चलचित्र ‘जार’को ट्रेलर सार्वजनिक



काठमाडौं – आगामी वैशाख २६ गतेबाट प्रदर्शनमा आउन लागेको साहित्यकार इन्द्रबहादुर राईको चर्चित कथामा आधारित चलचित्र ‘जार’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको २ मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तु ‘जार’ संस्कृतिमा आधारित रहेको देखाउँछ ।

ट्रेलरमा अनुपविक्रम शाहीकी श्रीमती (गीताञ्जली थापा) सँग सौगात मल्लले भागेर विवाह गरेपछि समाजले गरेको निर्णय र अनुपले सौगातलाई खुकुरी लिएर जङ्गलमा लखेटेको दृश्य देखाइएको छ । ४ वर्षअघि निर्माण भएको यो चलचित्र १८ औँ शताब्दीको उत्तरार्धतिर नेपाली समाजमा घटेको एउटा सत्य घटनामा आधारित छ ।

फूर्वा छिरिङ लामाद्वारा लिखित र निर्देशित यस चलचित्रमा सरवानन इलावार्सुको छायाङ्कन र अखिलेश राईको सम्पादन रहेको छ । ‘फेरी टेल पिक्चर्स’ले निर्माण गरेको यस चलचित्रका कार्यकारी निर्माताहरू नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । चलचित्रको सम्पूर्ण छायाङ्कन सिक्किम क्षेत्रमा गरिएको हो ।

भारतीय चलचित्र उद्योगमा सक्रिय गीताञ्जलीले ‘जार’ मार्फत नेपाली फिल्ममा डेब्यु गरेकी हुन् । उनले भारतीय राष्ट्रिय चलचित्र पुरस्कारसमेत जितेकी छन् । ‘लायर्स डाइस’बाट उनले उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय अवार्ड जितेकी थिइन् । उनले नेटफ्लिक्सको वेब सिरिज ‘सेक्रेड गेम्स’मा पनि काम गरेकी छिन् ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu