‘पिताम्बर’ र ‘कर्मा’को पहिलो दिनको शो सङ्ख्या सार्वजनिक



काठमाडौं – शुक्रवारबाट देशभरका चलचित्र हलहरूमा रिलिज हुने दुई नयाँ नेपाली चलचित्र ‘पिताम्बर’ र ‘कर्मा’को अग्रिम टिकट बिक्री भइरहेको छ । प्राप्त जानकारीअनुसार, रिलिजको पहिलो दिन ‘पिताम्बर’ ले देशभर १७० शो पाएको छ भने ‘कर्मा’ ले १२४ शो प्राप्त गरेको छ। तर, दुवै चलचित्रले पाएको शो सङ्ख्या अपेक्षाअनुसारको भने छैन ।

कृषा चौलागाईँ निर्देशित ‘पिताम्बर’ मा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, दिव्य देव, प्रमोद अग्रहरी, दिव्या रायमाझी र सुपुष्पा भट्टको अभिनय रहेको छ भने सौरभ चौधरी निर्देशित ‘कर्मा’ मा विपिन कार्की, मुकुन भुसाल, दिव्य देव र उपासना सिंह ठकुरीको मुख्य भूमिका छ।

मल्टिस्टारर नयाँ नेपाली चलचित्रहरूले कम शो प्राप्त गर्नुको मुख्य कारण हाल हलमा प्रदर्शनरत नेपाली चलचित्रहरू र नयाँ हिन्दी चलचित्र ‘जाट’ लाई मानिएको छ । बिहीबारदेखि रिलिजमा आएको ‘जाट’ ले १०३ शो पाएको छ । त्यस्तै, दोस्रो हप्तामा पुगेको नेपाली फिल्म ‘वसन्त’ ले ५५ शो पाएको छ भने पाँचौँ हप्ताको ‘अञ्जिला’ ले अझै पनि ४२ शो कायम राखेको छ ।

हलमा दर्शकको उपस्थिति र प्रतिक्रियाका आधारमा आगामी दिनमा ‘पिताम्बर’ र ‘कर्मा’ को शो सङ्ख्या बढ्ने सम्भावना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu