
काठमाडौं – नेपाली चलचित्र ‘होस्टेल ३’ बाट अभिनय यात्रा सुरु गरेका गायक तथा नायक रिहान गिरी नयाँ चलचित्र ‘अवतार’मा अनुबन्धित भएका छन् । अमेरिका बस्ने निर्देशक अनिल सङ्ग्रौलाको निर्देशनमा बन्न लागेको यस चलचित्रमा रिहानले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग स्क्रिन शेयर गर्नेछन् ।
‘होस्टेल ३’ ले बक्स अफिसमा राम्रो सफलता पाएको थियो, जसपछि रिहानप्रति निर्माताको ध्यान केन्द्रित भएको छ । उनलाई लगातार चलचित्र अफरहरू आइरहेका बेला उनले ‘अवतार’ रोजेका हुन् । केही समय फिल्मबाट टाढा रहेकी साम्राज्ञीले ‘अवतार’मार्फत पुनः अभिनयमा फर्किनेछन् ।
हाल यसको वर्कसप चलिरहेको छ भने छायाङ्कन वैशाखबाट सुरु हुने तयारी छ । यस चलचित्रमा चलचित्र ‘रङ्गी’बाट चर्चामा आएकी तथा वैशाख १९ गते रिलिज हुने चलचित्र ‘झिल्को’मा प्रमुख भूमिका निभाएकी आयुषी ढकालको पनि प्रमुख भूमिका रहने बताइएको छ ।