प्रदर्शनरत चलचित्र ‘वसन्त’को गीत ‘मोटर’ इन्टरनेटमा सार्वजनिक



काठमाडौं – प्रकाश सपुतको प्रदर्शनरत चलचित्र ‘वसन्त’को गीत ‘मोटर’ इन्टरनेटमा सार्वजनिक भएको छ । मङ्गलवार सार्वजनिक भएको यस गीतमा प्रकाश सपुत र खड्क बहादुर पुन (खबपु) मुख्य भूमिकामा देखिएका छन् । सपुतले नै लेखेको, गाएको र सङ्गीत दिएको यो गीतलाई योगश काजी शाहले एरेञ्ज गरेका हुन् । निर्माण टिमले यो गीतले चलचित्रको व्यापारमा थप टेवा पुग्ने विश्वास लिएको छ । 

सोमबार काठमाडौंमा यस चलचित्रको विशेष प्रदर्शनको आयोजना गरिएको थियो, जहाँ अभिनेत्री केकी अधिकारी, निर्देशक नवल नेपाल, निर्माता छविराज ओझा, अभिनेता पृथ्वीराज प्रसाईँ, नृत्य निर्देशक शङ्कर बिसी, गायक तथा सङ्गीतकार खेम सेन्चुरी लगायत चलचित्र जगतका व्यक्ति र पत्रकारहरूले यो चलचित्र हेरेका थिए । चलचित्र हेरेपछि अधिकांशले सपुतको कथा भन्ने शैली र समाजको वास्तविकतालाई प्रशंसा गरेका थिए ।

गत चैत्र २२ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आएको यो चलचित्रमा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे, र विशाल पहारीको अभिनय रहेको छ । गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको यस सामाजिक कथामा सपुतले नै कथा, पटकथा र सङ्गीत तयार पारेका हुन् । यसले विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र सङ्घर्षको कथा प्रस्तुत गर्दछ ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu