सुरेश र त्रिशालाको गीत ‘माया के हो?’ सार्वजनिक, आकाश र उगेनको अभिनय



काठमाडौं – गायक सुरेश लामा र गायिका त्रिशाला गुरुङको नयाँ गीत ‘माया के हो?’ सार्वजनिक भएको छ । जमलस्थित विश्वज्योति सिनेप्लेक्समा आयोजित एक कार्यक्रममा यो गीत सार्वजनिक गरिएको हो ।

गीतमा अर्जुन पोखरेलको सङ्गीत र प्रेम राजा अधिकारीको शब्द रहेको छ । निकेश खड्काले निर्देशन गरेको गीतको भिडियो कुलेखानीको रमणीय दृश्यमा छायाङ्कन गरिएको छ । भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री उगेन छोदेनको अभिनय रहेको छ ।

निर्देशक निकेश खड्काले गीतको भाव अनुसार नै भिडियो तयार पारेको बताए । सङ्गीतकार अर्जुन पोखरेलले पछिल्लो समय रोमान्टिक गीतहरूको कमीलाई यस गीतले पूरा गर्ने विश्वास व्यक्त गरे ।

अभिनेता आकाश श्रेष्ठले लामो समयपछि म्युजिक भिडियोमा काम गर्न पाउँदा खुसी लागेको बताए भने अभिनेत्री उगेन छोदेनले चलचित्रपछि गीतमा काम गर्दा फरक अनुभव भएको बताइन् ।

ङागस्तो दोर्जी योञ्जनले निर्माण गरेको भिडियोमा हरि हुमागाईँको छायाङ्कन, सुवास तिमल्सेनाको शृङ्गार, कुसुम बुटिकको ड्रेस र विकास धमलाको सम्पादन रहेको छ ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu