
टेक्सस – अमेरिकामा रहेका नेपालीहरूका लागि प्रतीक्षित साङ्गीतिक उत्सव ‘अमेरिका टुर’ अप्रिल ११ देखि सुरु हुने भएको छ । यस टुरमा नेपालका लोकप्रिय गायक भेक, याबेश र बिजेनले आफ्नो प्रस्तुति दिनेछन् ।
लेजेरी, क्लास एक्स र खड्का ग्रुप्सको सहकार्यमा आयोजना हुन लागेको यो साङ्गीतिक यात्रा टेक्ससको डल्लासबाट सुरु भएर मे १० मा न्यूयोर्क सिटीमा समापन हुनेछ । यस टुरले अमेरिकाका विभिन्न प्रमुख सहरहरूमा साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्नेछ, जसले अमेरिकामा रहेका नेपाली समुदायलाई साङ्गीतिक र सांस्कृतिक रूपमा जोड्ने उद्देश्य राखेको छ । डल्लासबाट सुरु हुने यो टुर कोलोराडो, डिएमभी क्षेत्र (वासिङ्टन डिसी, मेरिल्याण्ड, भर्जिनिया), ह्यारिसबर्ग, पेन्सिलभेनिया, एक्रोन, ओहायो, कोलम्बस, ओहायो हुँदै अन्त्यमा न्यूयोर्क सिटी पुग्नेछ ।
आयोजकका अनुसार यो टुर केवल साङ्गीतिक कार्यक्रम मात्र नभई नेपाली संस्कृति र समुदायलाई जोड्ने एउटा महत्वपूर्ण अवसर पनि हो । यसले नेपालबाट आएका कलाकारहरू र अमेरिकामा रहेका नेपाली समुदायबीच सांस्कृतिक आदानप्रदान गर्नेछ ।