‘कल्ली’मा कस्ता छन् अर्पण ?



काठमाडौं – जुम्लाको दुर्गम भेगमा चलिरहेको चलचित्र ‘कल्ली’को छायाङ्कनबाट अभिनेता अर्पण थापाको रहस्यमय लुक्स सार्वजनिक गरिएको छ । निर्माण टोलीका अनुसार, अर्पणको यो लुक्स चलचित्रको कथाको महत्त्वपूर्ण हिस्सा हो । तर, उनको भूमिकाबारे अहिले केही पनि खुलासा गरिएको छैन । 

निर्देशक लक्ष्मण सुनारले अर्पणलाई यसअघि दर्शकले नदेखेको भूमिकामा प्रस्तुत गरेको बताएका छन् । किरण नेपाली, हिमाल कडरिया र अमलादेवी राईले संयुक्त रूपमा निर्माण गरिरहेको यो चलचित्रमा सौगात मल्ल, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

महेश दवाडीले लेखेको चलचित्रलाई निसाल पौडेलले क्यामेरामा कैद गरेका छन् । प्रदर्शन मिति भने अझै सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu