दुर्गेश थापाले तयार पारेको ‘कर्मा’को शीर्ष गीत सार्वजनिक



काठमाडौं – अभिनेता विपिन कार्कीको एक्सन अवतार प्रस्तुत गरिएको चलचित्र ‘कर्मा’को शीर्ष गीत सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको ‘कर्मा’ बोलको गीतमा गायक दुर्गेश थापाको स्वर रहेको छ । दुर्गेश स्वयंले नै गीतको शब्द तथा सङ्गीत तयार पारेका छन् ।

गीतले असललाई असल र खराबलाई खराब हुने सन्देश दिएको छ । जीवनमा जस्तो मान्छे भेटिन्छ, उसलाई त्यस्तै व्यवहार गर्नुपर्ने सत्यलाई गीतमा उजागर गरिएको छ । भिडियोमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, मुकुन भुसाल, उपासना सिंह ठकुरीलगायतको अभिनय देख्न सकिन्छ । गीतको भिडियोमा गायक दुर्गेश थापा पनि देखिएका छन् ।

चलचित्रको थप प्रचारप्रसारमा मद्दत पुग्ने अपेक्षासहित यो गीत तयार पारिएको निर्माण पक्षले जनाएको छ । यसअघि सार्वजनिक भएको ‘कर्मा’को ट्रेलर नेपालसहित कतार, कोरिया र जापानमा युट्युब ट्रेन्डिङमा परेको थियो ।

निर्देशक सौरभ चौधरीले ‘कर्मा’मार्फत पैसा र पावरका लागि मरिहत्ते गर्ने समाजको कथा प्रस्तुत गरेको बताएका छन् । यसमा विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरी, दिव्य देव, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी र निर्मल शर्माको अभिनय रहेको छ ।

नयाँ वर्ष २०८२ को अवसरमा चलचित्र ‘कर्मा’ चैत २९ गते नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुँदैछ ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu