‘पिताम्बर’को गीत ‘लास्ट च्वाँक छे यार’ सार्वजनिक, सुरक्षा र सौगातको रोमान्टिक केमेस्ट्री



काठमाडौं – सुरक्षा पन्त र सौगात मल्लको जोडी फिचर्ड नयाँ गीत ‘लास्ट च्वाँक छे यार’ले आगामी चैत २९ मा प्रदर्शनमा आउने चलचित्र ‘पिताम्बर’को चर्चालाई थप तताएको छ । बाबुल गिरीको स्वर र सङ्गीत रहेको यो गीतमा यस चलचित्रकी निर्देशक कृषा चौलागाईंका शब्दहरू रहेका छन् । तराईको रमणीय परिवेशमा छायाङ्कन गरिएको गीतमा सौगात र सुरक्षाको रोमान्टिक केमेस्ट्री देख्न सकिन्छ । आइतबार सार्वजनिक गरिएको यो गीतको भिडियोमा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।

‘पिताम्बर’मा सौगात र सुरक्षासहित प्रदीप खड्का, दयाहाङ राई, अनुपविक्रम शाही, दिव्या रायमाझी, सुपुष्पा भट्ट,  दिव्य देव, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी लगायतका चर्चित कलाकारहरूको प्रमुख अभिनय रहेको छ । 

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्म विशाल चौलागाईंले निर्माण गरेका हुन् भने पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह निर्माता हुन् । यसको पटकथा तथा संवाद प्रदीप भारद्वाज र अभिमन्यु निरवीले लेखेका हुन् भने पुरुषोत्तम प्रधानले छायाङ्कन गरेका हुन् । यसमा बन्दे प्रसादको सम्पादन, काला चरनको पार्श्व सङ्गीत र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ । यसको नेपाल वितरण आरआर फिल्म्सले गर्नेछ ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu