संगीतको माध्यमवाट परिचित हुन्छुः संयोगान्त



samyoganta-rai

संयोगान्त राई, पुर्वी नेपालको संखूवासभामा जन्मेर नेपाली गीत-संगीतमा जम्नको लागी काठमाडौंमा संघर्ष गर्दै गरेका एक युवा हुन् । एसएलसी स्तरको पढाई चल्दाको समयमा नै ‘संखूवासभा आईडल’ बनेका उनले सानै उमेरमा नै नाम चलेको गायकको रुपमा स्थापित हुने लक्ष्य राख्दथे । गीतसंगीतमा जम्नको लागी नै अनेक संघर्ष गरेका संयोगान्त अहिले काठमाडौं ट्राभल एजेन्सी पनि चलाउँछन् ।

मुख्यतः लक्ष्य पुरा गर्नकै लागी अन्य क्षेत्रमा लागेको तर मुख्य र अन्तिम लक्ष्य चलेको कलाकार बन्ने बताउने संयोगान्त अहिले आफ्नो पहिलो एल्वम ‘संयोगान्त’लाई स्रोतामाझ ल्याउने जमर्कोमा छन् । प्रस्तुत छ, सोही एल्वम तथा नेपाली गीत-संगीतको अवस्थासँग केन्द्रित रहेर गायक संयोगान्तसँग गरिएको कुराकानीको संक्षिप्त अंशः

म्युजिक क्षेत्रमा आउने मनस्थिती कसरी बन्यो ?
खासमा म बच्चादेखी नै संगीतलाई माया गर्ने मान्छे । स्कुल पढ्दाको समयदेखी नै गीतसंगीत भनेपछी हुरुक्कै हुन्थेँ । स्कुल जाँदा आउँदा समेत अग्रज स्रष्टाहरुले गाएका गीतहरु गुनगुनाउँदै हिड्थेँ । जब मानिस पीडामा पर्छ त्यो पीडालाई भूलाउन गीत-संगीत नै पहिलो ओखती बन्ने गर्दछ । त्यसरी नै मैले बाल्यकालदेखी नै जीन्दगीमा आएका अवरोधहरुलाई भूलाउने माध्यम संगीत बन्यो अनि विस्तारै यो क्षेत्रप्रति आकृष्ट भएँ । र अहिले पहिलो एल्वम ‘संयोगान्त’लाई श्रोतामाझ ल्याउने अन्तिम तयारीमा छू ।

एल्वम ‘संयोगान्त’मा कस्ता- कस्ता गीतहरु समावेश छन्, तपाई कुन विधाको गायक ?
मेरो पहिले एल्वम ‘संयोगान्त’मा सात वटा गीतलाई समावेश गरेको छु । जहाँ आधुनिक देखी ‘स्टेज पर्फमेन्स’ दिन मिल्ने सम्मका गीतहरु समावेश छन। सिधा भन्नुपर्दा म आधूनिक विधाको गायक भन्न रुचाउँछु ।

तपाईं त ट्राभल एजेन्सी चलाईरहेको मान्छे, के आशा बोकेर सांगीतिक क्षेत्रमा पाईला अगाडी बढाउँदै हुनुहुन्छ ?
ट्राभल भनेको बाध्यताले मेरो जीवनमा आएको व्यावसाय हो । ‘संखुवासभा आईडल’ भएपश्चात म एसएलसी स्तरको पढआई सकाएपछी काठमाडौं आएँ । र यहाँ बाच्नकै लागी भएपनि अनेक काम गर्नैपर्ने, त्यसैले बिभीन्न कम्पनिहरुमा काम गर्दै अघी बढ्दै गर्दा अन्ततः ‘ट्राभल फील्ड’मा आईपुगेको हुँ, तर संगीत मेरो सोखको बिषय हो, संगीतको माध्यमवाट नै आफ्नो परिचय स्थापित गराउने मेरो लक्ष्य हो ।

samyoganta11

तपाईको बिचारमा गीत-संगीत भनेको के हो ?
मेरो विचारमा गीतसंगीत भनेको मानिसलाई नभई नहुने तत्व हो जस्तो लाग्छ । किनकी गास बास र कपासजस्ता आधारभुत आवस्यकतामा पनि संगीतलाई पनि थप्नुपर्छ भन्ने मान्यता म राख्छु । चाहे ‘उच्च वर्गको मानिस होस् चाहे मध्यम वा झूपडीमा नै जीवन गुजार्न पर्ने मान्छे किन नहोस त्यो मानिस सबैप्रकारको मानिसको लागी सारथी बन्ने एक मात्र साथी संगीत हो । त्यसैले गीतसंगीत हरेक मानिसको लागी नभई नहुने आधारभूत तत्व हो भन्ने मलाई लाग्छ ।

नेपालमा रहेर गीत-संगीतमा लागेर बाँच्न सकिने देख्नु भएको छ कि नाईँ ?
अहिले भनिहाल्दा चाहीं म र मेरो स्तरको गायन क्षेत्रको मान्छेलाई त यो क्षेत्रमा लागेर बाँच्न गार्हो नै हुन्छ । एउटा स्थापित कलाकार नबन्दा सम्म जीवन सहज बन्न सक्दैन । त्यसैले पुर्णतः व्यवसायिक नबन्दासम्म र पब्लिकले चिन्ने नहुँदासम्म यो क्षेत्रबाट प्राप्ती खासै केहि हुँदैन ।

हाम्रो देशको परिवेशलाई नियाल्दा पछील्लो समय जस्तो व्याक्ती पनि गायक बन्ने संगीतकार बन्ने अवस्था बढ्दैछ, नेपाली गीतसंगीतको व्यवसायिकतामा के कमी देख्नुभएको छ ?
कोही रहरले आउँछन र सोख पुरा गरेर जान्छन, कोही गायक हुँ भन्ने नाम बनाउन मात्रै यो क्षेत्रमा आउँछन, यस्तैक कारण पछिल्लो समय व्यवसायिक कलाकारहरुलाई अफ्ठ्यारो पनि परिरहेको अवस्था हो । त्यसैले स्थापित कलाकार बनेमा बाँच्न गार्हो छैन, त्यसको लागी भने संघर्ष गर्नेपर्छ, आफ्नो एल्वम या भनौं कुनै पनि कलाकारले स्वरबद्ध गरेको प्रस्तुती दर्शक तथा श्रोताले मन पराउँदै गएभने त्यो प्रतिभाको खोजी बढ्छ त्यो नै व्यवसायिकताको पाटो हुन जान्छ ।

पछिल्लो समय पाईरेसीको कारण संगीत उद्योगलाई ठूलै धक्का लाग्ने गरेको पाईन्छ यसको समाधान के देख्नुहुन्छ ?
यस्तो हुन्छ, हामी प्राविधिक रुपमा बिदेशी संगीत बजारसंग तुलना गर्न सक्दैनौं। त्यसैले विश्व बजारमा यो क्षेत्रले अनि प्रविधीले जस्तोसुकै फड्को मारेपनि हाम्रो जस्तो देशमा ‘ब्ल्युटुथ’ र युट्युवको कारण बाँच्ने आधार नै कलाकारहरुबाट खोसिएको जस्तो देखीन्छ । यो समस्या समाधानका लागी शुन्यबाट सुरु गरेर सरकारी निकायले बिकृती अन्त्यको लागी पहल कदमी गर्नुपर्छ, त्यसमा साथ त अवस्य संगीतकर्मीहरुको रहन्छ नै ।

कुनै पनि क्षेत्रमा लाग्नुको पछाडी कसै न कसैको हात हुन्छ भन्छन, संयोगान्त राईलाई संगीतको क्षेत्रमा लाग्दा बढी साथ या प्रेरणा कसबाट आयो ?
हालसम्म मैले पाएको साथ मेरो जीवनसंगीनीबाट सबैभन्दा बढी छ । सानो उमेरमा नै बुबा आमा गुमाएको मान्छे भएकोले उहाँहरुको साथ पाउन सकिन, त्यसैले मेरो हरेको कामको पछाडी साथ दिने मेरो श्रीमती नै हुन ।

तपाईलाई बिदेशी या नेपाली कलाकारमा को जत्तिकै बन्न पाए हुन्थ्यो जस्तो लाग्छ ?
नेपाली गायकहरुको भिडमा मेरो सबैभन्दा मन पर्ने मान्छे कलाकार या गायक जे भणे पनि आदरणीय दाजु रामकृष्ण ढकाल हुनुन्छ । यो क्षेत्रमा लागेर मेरो मनमा पनि भओलीको दिनमा रामकृष्ण दाई जत्तिकै परिचित हुन सकुँ भन्ने छ । नेपाली गीतसंगीतमा केहि गरेर देखाउन सकुँ भन्ने वछ ।

आगामी दिनको लागी योजनाहरु के बनाउनुभएको छ ?
यो एल्वम बिमोचन पछाडी नयाँ एल्वमको तयारीमा लाग्दैछु । यात्रा सुरु गरिसकेपछी बाटो मोड्ने पक्षमा म छैन, त्यसैले आगामी दिनमा पनि यो क्षेत्रमा नै कटिबद्ध रुपमा लागिरहने छु ।

अबको १० बर्ष पछाडी गायक संयोगान्तलाई कस्तो अवस्थामा देख्न सकिएला ?
लाग्छ अहिले जसरी संघर्षले न्याय पायो भने अभको १० बर्षमा एउटा स्थापित या भनौं नाम चलेको कलाकारहरिको भिडमा आफुलाई उभ्याउने प्रयत्न गर्नेछु ।

अन्त्यमा ?
त्यही हो, अन्त्यमा मेरा सम्पुर्ण शुभचिन्तकहरुलाई मेरो एल्बम ‘संयोगान्त’ आउँदै गरेको जानकारी गराउँदै बजारमा आईसकेपछी एकपटक खोजेर नै भएपनि सुनेर राम्रो नराम्रो कमेन्ट गरिदिन आग्रह गर्दछू । यहाँहरुको सल्लाह र सुभाव नै मेरो मार्गदर्शक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu