युट्युबमा ‘पिताम्बर’को ट्रेलरको चर्चा, नेपालसहित विभिन्न देशको ट्रेन्डिङमा



काठमाडौं – चैत २९ गते प्रदर्शनमा आउन लागेको प्रतीक्षित चलचित्र ‘पिताम्बर’को ट्रेलरले रिलिज भएको छोटो समयमै युट्युबमा तहल्का मच्चाएको छ । मङ्गलवार सार्वजनिक भएको ट्रेलरले दर्शकको उत्साहजनक प्रतिक्रिया पाएको छ भने केही घण्टामै युट्युबको मुभी सेक्सनको शीर्ष १० ट्रेन्डिङमा पर्न सफल भएको यो ट्रेलरले अहिले तेस्रो स्थान ओगटेको छ ।

नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि यसले लोकप्रियता हासिल गरेको छ । कोरिया, मलेसिया, अस्ट्रेलिया, साउदी अरेबिया, जापान, कतार, पोर्चुगल र युएई लगायतका देशहरूमा पनि यो ट्रेन्डिङमा परेको छ ।

समाचार तयार पार्दासम्म ११ लाखभन्दा बढी पटक हेरिएको यो ट्रेलरको बढ्दो क्रेजले चलचित्रको सफलताको सङ्केत दिएको छ । प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, अनुपविक्रम शाही, दिव्या रायमाझी, सुपुस्पा भट्ट, दिव्य देव, सुरक्षा पन्त लगायतका कलाकारहरूको शीर्ष अभिनय रहेको यो चलचित्रलाई कृषा चौलागाईंले निर्देशन गरेकी हुन् । एक्सन प्रधान यस चलचित्रमा महिलामाथि हुने अन्याय र शोषणविरुद्धको कथालाई प्रस्तुत गरिएको छ ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu