
काठमाडौं – यस साता प्रतीक्षित नेपाली चलचित्र ‘वसन्त’ नेपालसहित विश्वका विभिन्न मुलुकमा एकैसाथ प्रदर्शनमा आएको छ । प्रदर्शनको पहिलो दिनमै देशभरका सिनेमा भवनहरूले उत्साहपूर्वक स्वागत गर्दै दुई सयभन्दा बढी शो प्रदान गरेका छन् । हलहरूले गरेको विश्वास जित्दै उत्साहजनक ओपनिङको गर्ने मौका यस चलचित्रलाई छ ।
चलचित्रको कथा, प्रस्तुति र कलाकारको अभिनयले दर्शकको मन जित्ने अपेक्षा गरिएको ‘वसन्त’मा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे र विशाल पहारीको अभिनय रहेको छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको यस सामाजिक कथामा प्रकाश सपुतको निर्देशन, कथा, पटकथा र सङ्गीत रहेको छ । यस चलचित्रले विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र सङ्घर्षको कथा बोकेको छ ।