
काठमाडौं – प्रतीक्षित चलचित्र ‘कर्मा’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा एक युवा र उसकी आमाको भावनात्मक कथा तथा बदलामा एक्सन रहेको छ ।
ट्रेलरमा विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल र सरिता गिरीलगायतका कलाकारको सशक्त अभिनय देखाइएको छ । ट्रेलरमा एक साधारण युवालाई भ्रष्ट समाजले कसरी अपराधको दलदलमा फसाउँछ भन्ने कथालाई प्रस्तुत गरिएको छ ।
निर्देशक सौरभ चौधरीले ‘कर्मा’ मार्फत पैसा र शक्तिका लागि मरिहत्ते गर्ने समाजको वास्तविकतालाई देखाउन खोजेका बताएका छन् । यसमा विपिन कार्की एक्सन भूमिकामा देखिएका छन् । फिल्ममा दिव्यदेव, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी र निर्मल शर्माको पनि अभिनय छ ।
‘कर्मा’ नयाँ वर्ष २०८२ को अवसर पारेर चैत २९ गते नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउनेछ ।
यसमा भाष्कर स्वाँरको सङ्गीत, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।
आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘कर्मा’को निर्माता वसन्त लम्साल हुन् ।
ट्रेलर: