‘के घर के डेरा : घर नं २’का तीन पोस्टरहरू सार्वजनिक, जेठ २ गते प्रदर्शनमा आउने



काठमाडौं – चलचित्र ‘के घर के डेरा : घर नं २’ का एकै पटक तीन वटा नयाँ पोस्टरहरू सार्वजनिक गरिएको छ । नयाँ पोस्टरहरूमा चलचित्रको प्रदर्शन मिति पनि परिवर्तन गरिएको छ । यसअघि जेठ ९ गते प्रदर्शनमा आउने घोषणा गरिएको यो चलचित्र, अब एक साता अगाडि अर्थात् जेठ २ गते नै दर्शकमाझ आउने भएको छ ।

सार्वजनिक भएका पोस्टरहरूले चलचित्रको कथा र पात्रहरूको भावनात्मक अवस्थालाई चित्रण गर्दछन् । एउटा पोस्टरमा निश्चल बस्नेतलाई हतारमा दौडिरहेको देखाइएको छ, जसले उनको तनावलाई दर्साउँछ । अर्को पोस्टरमा खगेन्द्र लामिछाने र उपासना सिंह ठकुरी रोमान्टिक शैलीमा प्रस्तुत भएका छन् । तेस्रो पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरूलाई तीन तले घरको झ्यालबाट देखाइएको छ, जसले उनीहरूको जीवनको विभिन्न पाटोलाई प्रस्तुत गर्दछ ।

यो चलचित्र दीपेन्द्र के खनालको निर्देशन तथा साहित्यकार बुद्धि सागरको लेखनमा बनेको हो, जो ‘कर्नाली ब्लुज’, ‘एक्लो’, ‘फिरफिरे’ जस्ता चर्चित उपन्यासका लेखक हुन् । यो उनको पहिलो चलचित्र लेखन हो ।

चलचित्रमा आर्यन सिग्देल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, सृजना नापित, सन्जोग रसाइली, रुबिना घिमिरे लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu