‘जन्ते बाख्रो’को गीत ‘घामै राजा’मा रोमान्टिक बने सौगात र गरिमा



काठमाडौं – निर्देशक सिमोस सुनुवारको नयाँ चलचित्र ‘जन्ते बाख्रो’को पहिलो गीत ‘घामै राजा’ बिहीबार काठमाडौंमा एक समारोहका बीच सार्वजनिक गरिएको छ । बाबुल गिरीको शब्द, सङ्गीत र स्वर रहेको गीतमा सौगात मल्ल र गरिमा शर्माको रोमान्टिक जोडीलाई प्रस्तुत गरिएको छ । गीतको अन्त्यमा अभिनेता आशिफ शाहलाई पनि देखाइएको छ ।

यो चलचित्र जेठ ९ गते देशभर प्रदर्शन हुनेछ । यसअघि जेठ २३ गते प्रदर्शन हुने भनिएको चलचित्रको मिति परिवर्तन गरिएको हो । निर्माण पक्षका अनुसार, सौगात मल्लकै मुख्य भूमिका रहेको ‘भाइरल गोर्खे’ चलचित्र प्रदर्शन हुने भएकाले दुई चलचित्रको प्रदर्शन मितिमा दुई हप्ताको फरक राखिएको हो ।

निर्माता सन्तोष गौतमले ‘जन्ते बाख्रो’लाई नेपाल र विदेशमा एकैसाथ प्रदर्शन गर्ने योजना रहेको बताए । निर्देशक सिमोस सुनुवारले यस चलचित्रमा आफ्नो टिमले धेरै मिहिनेत गरेको र दर्शकले मन पराउने विश्वास व्यक्त गरे ।

अभिनेत्री गरिमा शर्माले पहिलो पटक मुख्य भूमिकामा काम गर्दा उत्साहित भएको बताइन् । चलचित्रमा सौगात, आशिफ, गरिमाका साथै रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेरलगायतका कलाकारको अभिनय छ । मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘जन्ते बाख्रो’ कमेडी कथामा आधारित छ । प्रदीप भारद्वाजले कथा, पटकथा र संवाद लेखेका हुन् ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu