
काठमाडौं – गत फागुन २९ गते रिलिज भएको नेपाली चलचित्र ‘आउटल: दफा २१९’ ले अन्तर्राष्ट्रिय बजारमा आफ्नो प्रभाव विस्तार गर्दै हिन्दी भाषामा रिलिज हुने भएको छ । हालै यस चलचित्रको हिन्दी डब संस्करणको ट्रेलर सार्वजनिक भएको छ । हिन्दीमा भने यो चलचित्रको नाम ‘आउटल: धारा ३७५’ राखिएको छ ।
भारतीय सञ्चारमाध्यमहरूमा पनि यस चलचित्रको भारत रिलिजबारे समाचारहरू प्रकाशन भएका छन् । हिन्दी संस्करणको रिलिज मिति र वितरणको तरिकाबारे भने छलफल भइरहेको जनाइएको छ ।
यसको हिन्दी संस्करणमा ‘केजीएफ’ जस्ता चर्चित दक्षिण भारतीय फिल्ममा आवाज दिने कलाकारहरूले स्वर दिएका छन् ।
विक्की महर्जनको लेखन र निर्देशनमा तयार भएको ‘आउटल: दफा २१९’ मा सुशील श्रेष्ठ, शिक्षा सङ्ग्रौला, नरेश पौडेल, र सुमन भण्डारी जस्ता कलाकारहरूको अभिनय रहेको छ । यो चलचित्रले नेपालमा प्रदर्शनको क्रममा दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया पाएको छ ।
हिन्दी ट्रेलर: