
काठमाडौं – भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम्सले नयाँ वर्ष २०८२ को पूर्व सन्ध्यामा विशेष साङ्गीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । ‘न्यु इयर इभ एट जर्मन होम्स विथ राम कृष्ण ढकाल’ नाम दिइएको उक्त कार्यक्रममा वरिष्ठ गायक राम कृष्ण ढकालको प्रस्तुति रहनेछ ।
चैत ३१ गते साँझ ६ बजेदेखि सुरु हुने कार्यक्रम राति १२ बजेसम्म चल्नेछ । कार्यक्रमलाई चर्चित सञ्चारकर्मी रीमा विश्वकर्माले सञ्चालन गर्नेछिन् । साङ्गीतिक माहौललाई थप रङ्गिन बनाउन कमेडी, साल्सा नृत्य र डिजे सेसनको पनि व्यवस्था गरिएको छ ।
नयाँ जर्मन शैलीमा निर्मित भव्य हलमा करिब १५०० देखि २००० दर्शकको उपस्थिति रहने अनुमान गरिएको छ । कार्यक्रममा सहभागी हुनेमध्ये एक जना भाग्यशाली विजेताले थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गर्नेछन् । साथै, अन्य आकर्षक उपहारहरू पनि प्रदान गरिनेछन् ।
कार्यक्रमको टिकट चैत २२ गतेदेखि खल्ती एपमार्फत खरिद गर्न सकिनेछ । कार्यक्रम स्थलमा पनि टिकट उपलब्ध हुने आयोजकले जनाएको छ ।
जर्मन होम्सका सञ्चालक राजन कार्कीले २०८१ साललाई बिदाइ गर्दै नयाँ वर्ष २०८२ लाई भव्य स्वागत गर्न यो कार्यक्रम आयोजना गरिएको बताए ।