राष्ट्रपति पौडेलसँग ‘मह’ जोडीको भेट, सुशासनमा जोड



काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसँग ‘मह’ जोडीको रूपमा परिचित वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले भेटवार्ता गरेका छन् । सो भेटमा उनीहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुत बनाउन सुशासन, चुस्त सेवा प्रवाह र भ्रष्टाचार अन्त्यमा जोड दिएका छन् ।

भेटपछि कलाकार द्वयले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति आम जनताको विश्वास कायमै रहेको तर राजनीतिक नेतृत्वको क्रियाकलापप्रति असन्तुष्टि बढेको राष्ट्रपतिलाई बताएको जनाए ।उनीहरूले राष्ट्रपतिको अभिभावकीय भूमिकाको स्मरण गराउँदै राजनीतिक दलका नेताहरूलाई सुशासन र भ्रष्टाचार अन्त्यका लागि घचघच्याउन आग्रह गरेको बताए ।

“देशको विकास भइरहेको छ, तर सुशासनको अभावले जनतामा निराशा छाएको छ । बिचौलियाहरूले जनतालाई दुःख दिइरहेका छन्। राष्ट्रपतिज्यूले यस विषयमा सम्बन्धित सबैलाई सचेत गराउनुपर्छ,” साथै,, उनीहरूले आफूहरूले कसैको पक्ष वा विपक्षमा नभई लोकतन्त्रभित्रै सुधारको आवश्यकता औँल्याएको जनाए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu