अमेरिकामा चलचित्र ‘वन अफ द मिलियन्स’को छायाङ्कन



काठमाडौं – हसन राजा खानको मुख्य भूमिका रहेको चलचित्र ‘वन अफ द मिलियन्स’को छायाङ्कन अमेरिकामा सकिएको छ । यो चलचित्रले नेपाली आप्रवासीको अमेरिका पुग्ने सपनाको कथालाई प्रस्तुत गर्ने बताइएको छ ।

निर्देशक विशाल सापकोटाले ११ दिन लगाएर चलचित्रको छायाङ्कन सकेका छन् । चलचित्रमा हसन राजा खान र सुवास थापाको मुख्य भूमिका रहेको छ। चलचित्रमा अमेरिकामा रहेका २० जना कलाकारहरूले पनि अभिनय गरेका छन् ।

चलचित्र ‘अलबिदा’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका हसनले हामीसँग कुरा गर्दै यो चलचित्रबाट दर्शकको मन जित्ने विश्वास व्यक्त गरेका छन् । उनले सन् २००९ मा ‘मिस्टर क्यापिटल’को उपाधि जितेका थिए भने सन् २०१५ मा कतारको दोहामा आयोजित ‘नेफ्टा अवार्ड’मा उत्कृष्ट नव-नायकको अवार्ड जितेका थिए ।

चलचित्र ‘वन अफ द मिलियन्स’लाई विभिन्न अन्तर्राष्ट्रिय महोत्सवमा प्रदर्शन गरिने र त्यसपछि नेपालमा रिलिज गरिने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu