‘जन्ते बाख्रो’ जेठ २३ मा रिलिज हुने



काठमाडौं – नेपाली चलचित्र ‘जन्ते बाख्रो’ २०८२ सालको जेठ २३ गते रिलिज हुने भएको छ । बिहीबार बिहान फर्स्ट लुक सार्वजनिक गर्दै चलचित्रको रिलिज मिति घोषणा गरिएको हो । यो मितिमा हालसम्म कुनै पनि चलचित्र रिलिज घोषण भएका छैनन् ।

सार्वजनिक गरिएको पोस्टरमा हिमालको रमणीय पृष्ठभूमिमा आशिफ र गरिमाको रोमान्टिक अवतार देख्न सकिन्छ, भने सौगात मल्ल निराश मुद्रामा उनीहरूलाई हेरिरहेका छन् । रोयल भीमसेनले डिजाइन गरेको पोस्टरको मध्य भागमा एउटा चस्मा लगाएको बाख्रोलाई देखाइएको छ, जसले चलचित्रको कथावस्तुमा रोचकता थपेको छ । ‘जन्ते बाख्रो’ ले बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजको वरिपरि घुम्ने सामाजिक कथालाई हास्य शैलीमा प्रस्तुत गर्ने बताइएको छ । सौगात मल्ल, आशिफ शाह र गरिमा शर्माको मुख्य भूमिका रहेको यो चलचित्रले दर्शकहरूलाई हँसाउने र मनोरञ्जन दिने अपेक्षा गरिएको छ ।  

सिमोस सुनुवारको निर्देशनमा बनेको यस चलचित्रमा सौगात, आशिफ र गरिमाका साथमा रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरूको अभिनय रहेको छ । प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद लेखन रहेको यो चलचित्रको निर्माता सन्तोष गौतम हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu