‘लाज शरणम्’ पाँचौँ हप्तामा प्रवेश, अहिले कस्तो छ व्यापार ?



काठमाडौं – फागुन १४ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको पाँचौँ हप्तामा प्रवेश गरेको छ । शिवरात्रिको अवसर पारेर रिलिज भएको चलचित्रले सुरुवाती दिनदेखि नै दर्शकको माया पाइरहेको छ ।

चलचित्रको सफलतामा निर्माण पक्ष उत्साहित देखिएको छ । दर्शकबाट राम्रो प्रतिक्रिया आइरहेको निर्माण पक्षको दाबी छ । “चलचित्र ‘लाज शरणम्’ सफलतासहित पाँचौँ हप्तामा प्रवेश गरेको छ,” निर्माता नवीन श्रेष्ठले भने, “दर्शकको राम्रो प्रतिक्रिया र राम्रो व्यापारले चलचित्रलाई यो सफलता दिलाएको हो । अहिले पनि चलचित्रलाई उपलब्ध शो मा दर्शकको सङ्ख्या उच्च छ ।”

यस चलचित्रमा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, महेश त्रिपाठी, मुकुन्द श्रेष्ठ, विजय लामा, रेणुनाथ योगी, सागर लम्साल, हरि निरौला, अर्जुन घिमिरे, कमलमणि नेपाल, प्रियाना आचार्य, दयाहाङ राई र बुद्धि तामाङको अभिनय छ ।

‘लाज शरणम्’लाई कुमार कट्टेल (जिग्री) ले निर्देशन गरेका हुन् । जेपिटी क्रियसनको ब्यानरमा बनेको सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सृजना खड्का सह–निर्माताका रूपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu