
काठमाडौं – नयाँ वर्ष २०८२ को माहौलमा रिलिज हुन लागेको नेपाली चलचित्र ‘पिताम्बर’ र नेपालको चर्चित फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणबिच सहकार्य भएको छ । चलचित्र ‘पिताम्बर’ एनएसएलको मुभी पार्टनर बनेको हो ।
नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसएम) ले आयोजना गर्ने सुपर लिग चैत १६ गतेबाट काठमाडौंको दशरथ रङ्गशालामा सुरु हुँदैछ । ‘पिताम्बर’ भने चैत २९ गतेबाट देशभरका हलहरूमा रिलिज हुनेछ ।
चलचित्रकी निर्देशक कृषा चौलागाईंले देशको प्रतिष्ठित फुटबल प्रतियोगितासँग जोडिन पाउँदा खुसी व्यक्त गरेकी छिन् । “नेपाली दर्शकका लागि खेलकुद र चलचित्र दुवै महत्त्वपूर्ण मनोरञ्जनका माध्यम हुन्। यस सहकार्यले चलचित्रको प्रचारप्रसारमा पनि सहयोग पुग्ने विश्वास छ,” उनले भनिन् ।
केपी फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको ब्यानरमा निर्माण भएको ‘पिताम्बर’ मा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्य देव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय रहेको छ । बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल) ले समेत अभिनय गरेका छन् ।
यसमा विशाल चौलागाईं निर्माता, पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता छन् । प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायाङ्कन, बन्दे प्रसादको सम्पादन, आशीष अविरल र बाबुल गिरीको सङ्गीत, हिमाल केसीको द्वन्द्व छ । नेपालभर आरआर फिल्मस्ले वितरण गर्दैछ ।