कर्मा: कस्तो होला विपिन र मुकुनको टकराब ?



काठमाडौं – यही चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली एक्सन चलचित्र ‘कर्मा’मा विपिन कार्की र मुकुन भुसालको टकराबले दर्शकहरूमा उत्साह थपेको छ । विपिन कार्की एक्सन भूमिकामा पहिलो पटक देखिँदै छन् भने मुकुन भुसाल खल पात्रको भूमिकामा प्रस्तुत हुँदै छन् ।

निर्देशक सौरभ चौधरीले विपिन र मुकुनको यो नयाँ अवतार दर्शकहरूका लागि रोमाञ्चक हुने बताएका छन् । यी दुई कलाकारले ‘कर्मा’ मार्फत नयाँ अनुभव बटुल्दै छन्, जसले चलचित्रलाई थप प्रतीक्षित बनाएको छ । चलचित्रको टिजरमा विपिनको एक्सन देखिएको छ, तर मुकुनको एक्सन ट्रेलरमा देखाइने निर्देशकले बताए । 

यस चलचित्रमा विपिन र मुकुनका साथै उपासना सिंह ठकुरी, दिव्य देव, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी र निर्मल शर्माको पनि यस चलचित्रमा अभिनय रहेको छ । ‘कर्मा’को कथा, प्रस्तुति र निर्माण शैलीले दर्शकहरूलाई नयाँ अनुभव दिने विश्वास गरिएको छ ।

यो चलचित्र नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुनेछ । सौरभ चौधरीले लेखेको यो चलचित्र एक्सन, ड्रामा र सस्पेन्स जनरामा आधारित छ । ‘कर्मा’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज सिनेमाले लिएको छ । चलचित्रमा भास्कर स्वाँरको सङ्गीत, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन रहेको छ । आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘कर्मा’मा वसन्त लम्सालको लगानी छ । 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu