पाँच वर्षपछि हिट गीत ‘जेल पनि सहुँला’को सिक्वेल सार्वजनिक



काठमाडौं – पाँच वर्षअघि युट्युबमा तहल्का मच्चाएको गीत ‘जेल पनि सहुँला’को सिक्वेल ‘जेल पनि सहुँला, मर्नु परे मरौँला’ सार्वजनिक भएको छ । जीवन भट्टराई र लक्ष्मी बर्देवाको अभिनय रहेको यो गीतमा शिक्षिका र कार्यालय सहयोगीबीचको प्रेम कथालाई प्रस्तुत गरिएको छ ।

मेलिना राई र बलबहादुर राजवंशीको स्वर रहेको यो गीतको अघिल्लो भागले दर्शकको मन जितेको थियो । सोही गीतको सफलतालाई निरन्तरता दिन सिक्वेल ल्याइएको हो । अघिल्लो गीतमा रामेछापको एक विद्यालय वरपरको परिवेश देखाइएको थियो भने यस पटक उनीहरूको प्रेमलाई पूर्णता दिन सहर प्रवेश गरेको कथालाई चित्रण गरिएको छ ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu