
काठमाडौं – चैत २९ गते रिलिज हुने चलचित्र ‘कर्मा’को गीत ‘सारी लगाइदेऊ’ सार्वजनिक भएको छ । सलिना बिकको स्वर रहेको यस गीतमा सुस्मा सिग्देलको शब्द र भाष्कर स्वारको सङ्गीत छ । भाष्कर स्वार र सुवास पौडेलले यस गीतलाई एरेन्ज गरेका हुन् भने शाश्वत श्रेष्ठको मिक्सिङ र मास्टरिङ गरेका छन् ।
गीतको भिडियोमा नेपाली संस्कृति र परम्परालाई विशेष प्राथमिकता दिइएको छ । रत्यौलीको झलक दिने यो गीतमा माया–प्रेम र व्यङ्ग्य दुवैको मिश्रण छ ।
कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा विपिन कार्की र उपासना सिंह ठकुरीको अभिनय देख्न सकिन्छ । विपिन कार्की महिलाको पहिरनमा देखिएका छन् ।
सौरभ चौधरीको निर्देशनमा बनेको यो चलचित्रमा विपिन र उपासनासँगै मुकुन भुसाल, सरिता गिरी, दिव्य देव, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा लगायतका कलाकारको अभिनय छ ।
‘कर्मा’ एक्सन, ड्रामा र सस्पेन्स जनराको चलचित्र हो । यसको कथा निर्देशक चौधरीले नै लेखेका हुन् । आर्टिस्टिक इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘कर्मा’मा वसन्त लम्सालको लगानी छ ।
गीत: