‘सिंघम रिटर्न्स’ पछि रोहित शेट्टी शाहरुख खानको लागि कमेडी चलचित्र बनाउने भएका छन् । सुत्रले बताएअनुसार यो चलचित्रमा ‘जब तक है जान’ जोडी कैटरीना-शाहरुख दोहोरिनेछन् ।
यो चलचित्रलाई शाहरुखको कम्पनी रेड चिलीजले बनाउने छ । यो चलचित्र अर्को बर्ष सुरु हुनेछ । कैटरीनाको करियरमा आएको विश्रामलाई खान स्टारले नै दुर गर्ने बताईन्छ ।
श्रोतले बताएअनुसार कैटरीना आँफैले शाहरुखसँग काम गर्ने इच्छा राखेकी थिइन् ।