
काठमाडौं – आगामी जेठ ३० गते रिलिज हुने नेपाली चलचित्र ‘भाइरल गोर्खे’को टिजर सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक टिजरमा सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढ्दै जाँदा भाइरल गरिने विभिन्न गतिविधिहरूलाई समावेश गरिएको छ, जहाँ भाइरल हुने व्यक्तिको रूपमा अभिनेता सौगात मल्ल रहेका छन् ।
टिजरमा गोपाल पाँडे पात्रको भाइरल हुन गरेका विभिन्न हरकत र भाइरल भइसकेपछि लाइभ बसेर फ्यानसँग साक्षात्कार गरेको, पत्रकार ऋषि धमलासँग अन्तरवार्ता गरेसम्मका दृश्यहरू रहेका छन् ।
द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा निर्माण भएको चलचित्रमा सौगातको साथमा सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलाको अभिनय रहेको छ । विशाल ताम्राकार, महेश लामिछाने र केवल जङ्ग कुँवर निर्माता रहेको सिनेमा सह-निर्माता भुवन अधिकारी र निखिल पौडेल हुन् ।
टिजर: