मुस्ताङको ‘जेरी गल्ली’ पुगेका अनमोलले सम्झे विगत



काठमाडौं – अभिनेता अनमोल केसी आफ्नो नयाँ चलचित्र ‘जेरी अन टप’ को छायाङ्कनका लागि हालै मुस्ताङ पुगेका छन् । यस क्रममा उनले अभिनेत्री आँचल शर्मासँग मिलेर आफ्नो लागि विशेष महत्त्व राख्ने ‘जेरी गल्ली’ को भ्रमण गरेका छन् ।

मुस्ताङको मार्फामा रहेको उक्त गल्ली अनमोलका लागि विशेष छ, किनभने करिब १० वर्ष अघि रिलिज भएको उनको हिट चलचित्र ‘जेरी’ सोही स्थानमा छायाङ्कन गरिएको थियो । सोही कारण उक्त गल्लीलाई ‘जेरी गल्ली’ नामकरण गरिएको थियो ।

अनमोलले आफ्नो सामाजिक सञ्जालमा पुराना दिनहरूको स्मरण गर्दै लेखेका छन्, “१० वर्षभन्दा बढी भइसक्यो, तर अझै ‘जेरी’ प्रति देखाइएको माया र सम्मान हिजो जस्तै लाग्छ । सम्पूर्ण मुस्ताङ उपत्यकालाई धन्यवाद दिन चाहन्छु । यो क्षण एकदमै अभूतपूर्व छ ।”

उनले मुस्ताङमा स्थानीयवासीको भव्य स्वागत पाएका छन् । सार्वजनिक भिडियोहरूमा उनलाई र अभिनेत्री आँचल शर्मालाई बाजागाजासहित सम्मान गरिएको देख्न सकिन्छ ।

https://m.facebook.com/story.php?story_fbid=pfbid023Dk3LWiBsTi9gkej94EjQoVoFw7BwMgFLXtcFgRNEyRzrYhwxVLc8in4Fjdwui52l&id=582079638
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu